नियम ३३
विशेष कोष
(१) नगर परिषद्ले आफ्नो कोषमा जम्मा भएको आन्तरिक आयबाट
देहायबमोजिमका विशेष कोषहरुमा आवश्यक रकम विनियोजन गर्न सक्नेछः–
(क) दैवी प्रकोप उद्धार विशेष कोष,
(ख) मर्मत सम्भार विशेष कोष,
(ग) गरीबी निवारण तथा सामाजिक परिचालन विशेष कोष,
(घ) महिला तथा बाल विकास विशेष कोष,
(ङ) स्वास्थ्य सामुदायिक विशेष कोष,
(च) वातावरणीय व्यवस्थापन विशेष कोष,
(छ) कर्मचारी कल्याण कोष ।